शनिबार, बैशाख १५, २०८१

सरकारले तोकेको मापदन्ड भन्दाबढी शुल्क असुल्ने केएमसी र ह्याम्स अस्पताललाइ प्रशासनको स्पष्टिकरण

काठमाडौ बैशाख २२,
मुलुकमा बढ्दो कोभिड संक्रमणको जोखिमसंगै सोको उपचारको नाममा लुट मच्चाउने काठमाडौको केएमसी र ह्याम्स अस्पताललाई स्ष्टीकरण सोधिएको छ। कोभिडका बिरामीसँग सरकारले तोकेको मापदण्डभन्दा निकै बढी रकम असुलेको उजुरी परेपछि काठमाडौंका जिल्ला प्रशासन कार्यालले यी दुइ अस्पतालका सिइओलाई स्पष्टिकरण सोधेको हो ।

काठमाडौंको प्रशासनले यी अस्पतालको लुठट धन्दा सामाजिक सञ्जालमा भाइरल हुँदै सर्वत्र आलोचना भएसंगै विषम परिस्थितिमा सरकारले तोकेको मापदण्डभन्दा बढी असुलेको पाइएमा हामी हदैसम्म निर्मम भएर कारबाही गर्ने तयारी सहित दुवै अस्पतालका सिइओलाई जिल्ला प्रशासन कार्यालय बोलाएर बिहीबार लिखित जवाफसहित हाजिर हुन निर्देशन दिएको बुझिएको छ।

यसैविच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालले कोरोना उपचारको नाममा बढी शुल्क लिने अस्पताललाई कारबाही गर्ने चेतावनी दिएको छ । केही अस्पतालले चर्को शुल्क लिएको गुनासो आएको भन्दै मन्त्रालयले विज्ञप्ति निकालेर संकटको बेलामा सहयोगी भावनाले काम गर्नुपर्नेमा दुःख दिने, समस्या बढाउने र बढी शुल्क लिनेहरूलाई कारबाहीको चेतावनी दिदै बढी शुल्क लिएको पाइएमा स्वास्थ्य मन्त्रालयमा खबर गर्न पनि मन्त्रालयले अनुरोध समेत गरेको छ ।