शुक्रबार, बैशाख १४, २०८१

काठमाडौं उपत्यकामा मात्र ४ हजार ८२५ जना सङ्क्रमितको पहिचान

काठमाडौ बैशाख २२,
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा देशभरि ८हजार ६०५ जना सङ्क्रमितको पहिचान हुँदै गर्दा त्यसमध्ये ४ हजार ८२५ जना सङ्क्रमित काठमाडौं उपत्यका भित्रका रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

कोभिड भाइरससम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका ३ जिल्लामा पुष्टि भएका संक्रमित मध्ये काठमाडौंमा ३ हजार ८४९ , भक्तपुरमा ४५८ र ललितपुरका ५१८ रहेको जनाएको छ।

त्यस्ते मन्त्रालयले ६सय जना सङ्क्रमितको आईसीयूमा   र १५६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको समेत जानकारी दिएको छ।