शुक्रबार, बैशाख १४, २०८१

श्वासप्रश्वासमा थप समस्या देखिएसंग कोभिड संक्रमित पूर्वमहारानी कोमल आइसीयूमा

काठमाडौ बैशाख १६,
कोभिड संक्रमित भइ नर्मिक अस्पतालमा उपचार गराइरहनु भएकी पूर्वमहारानी कोमल राज्यलक्ष्मी शाहलाई पछिल्लो समय श्वासप्रश्वासको समस्या देखिएपछि आइसीयूमा राखेर उपचार शुरु गरिएको छ ।

पूर्वमहारानी शाहलाइ बुधबार साँझदेखि आइसीयू कक्षमा राखेर उपचार गरिएको नर्भिक अस्पतालका सूचना अधिकारी सोमनाथ बाँस्तोलाले जानकारी दिनुभयो ।

सूचना अधिकारी बाँस्तोलाका अनुसार पूर्वमहारानी कोमललाई अक्सिजनको हाइफ्लो सपोर्टमा राखेर उपचार भइरहेको जानकारी दिनुभयो । त्यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि अक्सिजनको सपोर्टमा राखेर उपचार भइरहेको जानकारी दिदै छोरी प्रेरणा राज्यलक्ष्मी शाहको अवस्था भने सामान्य रहेको बताउनुभयो ।