शुक्रबार, बैशाख ७, २०८१

निषेधाज्ञाको पहिलो दिन काठमाडौ उपत्यकाका मुख्य सडक प्राय सुनसान

साँझ-विहान खुल्छ खाद्य सामग्री पसल अत्तालिनु पर्ने अवस्था छैन

काठमाडौं बैशाख १६ , नेपालमा पछिल्लो समय रफ्तारमा बढ्दो कोभिड संक्रमणको जोखिमलाइ दृष्टिगत गर्दै काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा आजबाट जारी निषेधाज्ञाको पहिलो दिन काठमाडौ उपत्यकाका लगायतका मुख्य सडक प्राय सुनसान देखिएका छन ।
शहरका भित्री भागमा सामान्य चहलपहल भएपनि मुख्य सडकमा प्रहरीले सडकमा कडाइ गरेको छ।

महामारी नियन्त्रण गर्न काठमाडौ उपत्यकामा बिहीबार बिहान ६ः०० बजेदेखि दुई साताका लागि निषेधाज्ञा जारी गरिएको छ । मन्त्रिपरिषद्को निर्णयले १५ दिनसम्म निषेधाज्ञा गर्ने निर्णय भएको र उपत्यकाका तीन जिल्ला [काठमाडौ, भक्तपुर र ललितपुर] का प्रमुख जिल्ला अधिकारीसहित स्थानीय सुरक्षा निकाय प्रमुखकोे बैठकले एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेसँगै आजबाट उक्त आदेश लागू भएको हो ।

 निषेधाज्ञाका क्रममा  काठमाडौंका ठाउँठाउँमा चेकिङ खडा गरिएको छ भने बिना कारण हिँडडुल गर्ने सर्वसाधारणलाई ठाउँठाउँमा होल्ड गर्नुको अलावा तोकिएको बाहेकका सवारीसाधन चलाउनेलाई पनि नियन्त्रणमा राखिएको छ। काठमाडौंका १२८ ठाउँका पिकेट ड्युटीमा प्रहरी परिचलान गरिएको छ भने ट्राफिक र प्रहरीले संयुक्तरुपमा ४४ ठाउँमा सवारी चेकिङ गर्ने व्यवस्था मिलाइको जनाएको छ।

साथै जारी निषेधात्रा नागरिकको स्वास्थ्य रक्षाका लागि भएका कारण नागरिक आफै सचेत हुनुपर्ने देखिन्छ । त्यस्तै नागरिकका लागि आवश्यक खाद्य सामग्रीका पसलहरु भने  न्युनतम २ मिटरको भौतिक दुरी कायम  गर्दै   सरकारले तोकेको जनस्वास्थ्य मापदण्डको अनिवार्य रुपमा पालना  गर्दै  निश्चत समय अन्र्तगत विहान १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म मात्र खोल्न पाइने व्यवस्था मिलाईएको कारण अत्तालिनु पर्ने अवस्था नभएको सुरक्षा अधिकारीहरु बताए ।

  ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2021
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031