शुक्रबार, बैशाख १४, २०८१

जारी निषेधाज्ञाका वीच पनी बैंक तथा वित्तीय संस्थाहरू खुला रहने

काठमाडौं बैशाख १६,
नेपालमा पछिल्लो समय रफ्तारमा बढ्दो कोभिड संक्रमणको जोखिमलाइ दृष्टिगत गर्दै काठमाडौं उपत्यकामा आजबाट जारी जारी निषेधाज्ञाका वीच पनी बैंक तथा वित्तीय संस्थाहरू खुला रहने बैंकर्स सङ्घले जनाएको छ ।

सङ्घले आज जारी विज्ञप्तिमार्फत बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालयहरू नियमित सञ्चालन हुने जनाएपनि निषेधाज्ञाको अवधिमा अत्यावश्यक अवस्थामा बाहेक भीडभाड हुने गरि ग्राहकहरूलाई बैंक नआउन र अनलाइनमार्फत कारोबार गर्न आग्रह गरेको छ।

साथै जारी विज्ञप्तिमा सङ्घले निषेधाज्ञाको समयमा बैंकका शाखा तथा एटीएम बुथहरू खुला रहने भन्दै इन्टरनेटरमोबाइल बैंकिङ सेवा लिएका ग्राहकले आफ्नो पासवर्ड बिर्सिएमा वा अन्य कुनै प्राविधिक समस्या भएमा आफ्नो सम्बन्धित शाखामा फोन सम्पर्क गर्नसमेत आग्रह गरेको छ ।