शुक्रबार, बैशाख १४, २०८१

१ हजार दरको नक्कली नोट सहित रावत पक्राउ

ललितपुर बैशाख १२, 
महालक्ष्मी नगरपालिका   ईमाडोलबाट १ हजार दरको नक्कली जस्तो देखिने नोट ५ थान सहित काठमाडौं माछापोखरी बस्ने हुम्ला सार्केटार गाउँपालिका९७ जैर घर भएका १९ वर्षीय मुन बहादुर रावतलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त ठाउँमा नक्कली पैसाको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा ग्वार्खोबाटईमाडोलतर्फ आउँदै गरेका रावतलाई शंका लागि शरीर तलासी गर्दा उक्त नक्कली नोट सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । साथै उनको साथबाट सक्कली नोट जस्तो देखिने ५ हजार५ सय रुपैयाँ समेत प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ।

त्यस्ते पक्राउ परेको अभियुक्त विरुद्ध उपर जिल्ला अदालत ललितपुरबाट मुद्रा सम्बन्धी कसूर मुद्दामा म्याद थप भईअनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।