बिहिबार, बैशाख १३, २०८१

उज्यालो नेटवर्कका पत्रकारद्वय अनिश र दुर्गालाललाइ निःशर्त रिहा गर्न माग

काठमाडौं बैशाख १२ ,

नेपाल पत्रकार महासङ्घले उज्यालो नेटवर्कका महाप्रबन्धक दुर्गालाल तामाङलाई बसुन्धाराबाट आज प्रहरीले गिरफ्तार गरेको घटनाको भत्र्सना गर्दै पक्राउ गरिएका पत्रकारद्वय अनिश तामाङ र दुर्गालाल तामाङलाई तत्काल निःशर्त रिहा गर्न माग गरेको छ । पाटन उच्च अदालतले शुक्रबार ‘समाचारको विषयमा टुङ्गो नलागेसम्म निवेदकलाई पक्राउ नगर्नु–नगराउनु’ भनी जारी आदेशको बर्खिलाप मात्र नभएर अनलाइनमा प्रकाशित समाचारको विषयलाई प्रेस काउन्सिल नेपालले आफ्नो क्षेत्राधिकारभित्र रही निरुपण गरिसकेको अवस्थमा कार्यालयबाटै पत्रकारलाई गिरफ्तार गर्नुले लोकतान्त्रिक विधि र प्रक्रिया मात्र होइन संवैधानिक व्यवस्था माथिकै ठाडो हस्तक्षेप भएको महासङ्घले जारी विज्ञप्तिम उल्लेख गरेको छ।

त्यस्तै जारी विज्ञप्तिमा प्रस्तुत घटनाले अदालतको आदेशलाई पनि सरकारले अटेर गरेको प्रस्ट भएको छ’, महासङ्घद्वारा आज जारी विज्ञप्तिमा भनिएको ।

समाचारका विषयमा चित्त नबुझे त्यसप्रति असन्तुष्टि जनाउने त्यसका निश्चित विधि र प्रक्रिया भएको जनाउँदै त्यसलाई बेवास्ता गर्दै सञ्चारगृहमै प्रहरी प्रवेश गरेर पत्रकारलाई गिरफ्तार गर्ने कार्य प्रेस स्वतन्त्रता माथिकै प्रहार भएको उल्लेख गर्दै सञ्चारगृहमै प्रहरी प्रवेश गरेर पत्रकारलाई गिरफ्तार गर्ने कार्य प्रेस स्वतन्त्रता माथिकै प्रहार भएको उल्लेख गरिएको छ। प्रेस स्वतन्त्रताको पूर्णरुपमा सम्मान गर्दै पक्राउ परेका पत्रकारद्वयलाई तत्काल रिहाइ नगरिए आन्दोलनमा जान बाध्य हुनेसमेत महासंघ , महासङ्घको उपत्यका प्रदेश समिति र काठमाडौं जिल्ला शाखा संगै नेपाल प्रेस युनियन काठमाडौंले अलग-अलग जारी विज्ञप्तिमा उल्लेख गरिएकोछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2021
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031