शुक्रबार, चैत्र १६, २०८०

बढ्दो कोभिड जोखिम : अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने प्रशासनको निर्णय

काठमाडौं बैशाख १२ ,

बढ्दो कोभिड संक्रमणको जोखिमका कारण जिल्ला प्रशासन कार्यालयले दिदै आएको अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैंठकले यस्तो निर्णय गरेको हो ।

त्यस्तै बैठकले तत्काल कार्यालयबाट प्रदान हुने अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने र अन्य कार्यालयहरुलाई पनि आलोपालो विधिबाट सेवा प्रदान गर्न निर्देशन दिदै यसवीचमा प्रशासनको तर्फबाट अत्यावश्यकमा शान्तिसुरक्षा लगायतका सेवामा खुला हुने जनाएको छ।

त्यस्तै जारी सूचनामा राहदानी , पत्रपत्रिका दर्ता, संघ सस्था नवीकरणको सेवा सोमबार देखि बन्द हुने जनाएको छ। यसैवीच कोभिड संकट व्यवस्थापन समिति सीसीएमसीको आजै बस्ने बैठकले बढ्दो कोभिड संक्रमणको जोखिमलाइ दृष्टिगत गर्दै संक्रमण बढी फैलिएका निश्चित ठाउँहरुमा स्थानीय स्तरको लकडाउनको मार्ग समेत अख्तियार गर्ने तयारी गरेको बुझिएको छ ।