शनिबार, बैशाख १५, २०८१

महासंघले तोक्यो निर्वाचनका लागि केन्द्रीय प्रतिनिधि [सूचीसहित]

काठमाडौं चैत २१,
नेपाल पत्रकार महासंघ बुधवार सम्पन्न हुने निर्वाचनका लागि आज बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय प्रतिनिधी चयन गरेको छ । त्यस्तै बैठकले पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत एकै दिन हुन लागेको तीनै तहको निर्वाचनलाई स्वस्थ्य, मर्यादित र व्यवस्थित बनाउन महासंघका सबै शाखा, प्रदेश र केन्द्रका निकायसहित आम पत्रकार साथीहरूमा आह्वान समेत गरेको छ ।

साथै बैठकले केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूलाई केन्द्रीय प्रतिनिधिका रूपमा निम्नानुसार खटाउने निर्णय गरिएको बैठक पछि जारी विज्ञप्तिमा उल्लेख गरिएकोछ ।

प्रदेश नं १ उपाध्यक्ष:  दिलीप थापा मगरको नेतृत्वमा केन्द्रीय सदस्य उद्धव तिमिल्सिना र सटेन्द्र जवेगु

प्रदेश नं २ सचिव:  शितल महतोको नेतृत्वमा केन्द्रीय सदस्यहरु सुरेश यादव र शैलेन्द्र झा

वागमति प्रदेश : सचिव रामप्रसाद दाहालको नेतृत्वमा केन्द्रीय सदस्य टेकराज थामी र नकुल अर्याल

गण्डकी प्रदेश:  कोषाध्यक्ष राजेश मिश्रको नेतृत्वमा केन्द्रीय सदस्य नवीन कुइकेल

लुम्विनी प्रदेश सचिव : प्रकाश थापाको नेतृत्वमा केन्द्रीय सदस्य पुरुषोत्तम सुवेदी

कर्णाली प्रदेश सचिव : लक्ष्मी पुनको नेतृत्वमा केन्द्रीय सदस्य हरिहर शिंह राठौर र पूर्णप्रसाद चम्लागाई

सुदूरपश्चिम प्रदेश:  सचिव रेम विश्वकर्माको नेतृत्वमा मिन वम र श्याम भट्ट

उपत्यका प्रदेश : उपाध्यक्ष दिलिप थापा मगरको नेतृत्वमा सदस्य छेटु शेर्पा र गोपाल वराइली

प्रतिष्ठान र एशोसिएट प्रदेश प्रकाश थापाको नेतृत्वमा केन्द्रीय सदस्यहरु टिकाराम प्रधान, जानुका वराल र राजेश चाम्लिङ