शुक्रबार, बैशाख १४, २०८१

महानगर वडा न.२० स्थित रामघाटबाट अवैध लागूऔषध सहित लामा पक्राउ

काठमाडौं चैत २१
महानगरीय प्रहरी वृत्त जनसेवा काठमाडौं महानगपालिका वडा न. २० रामघाटबाट करिब ६ केजी २ सय ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ सहित तारकेश्वर नगरपालिका ८ गैरीगाउँ डेरा गरी बस्नेधादिङ थाक्रे गाउँपालिका९४ घर भएका ३० वर्षीय दिपक लामालाई   पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ परेका अभियुक्तबाट १ केजी २ सय ग्राम र डेरामा लुकाई राखेको ५ केजी समेत गरि उक्त परिमाणको पदार्थ संगै र्‍यापिङ गर्ने प्लाष्टिक टेप, प्लाष्टिकका झोला र नगद २४ हजार ५ सय रुपैयाँ समेत बरामद गरेको जनाएकोछ ।

यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका९२ स्थित नागढुङ्गाबाट करिब ५ केजी ४ सय ग्राम अवैध लागूऔषध गाँजाको धुलो सहित धादिङबेशी घर बताउने ११ वर्षीय बालकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । धादिङ माधबबेशीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ८५२३ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार ती बालकलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ।