शनिबार, बैशाख १५, २०८१

१ लाख ६३ हजार नक्कली नेपाली रूपैयाँ सहित तामाङ र श्रेष्ठ पक्राउ

काठमाडौ फागुन २७,

काठमाडौं महानगरपालिका- ४ सुकेधारास्थित आयुष डान्सबारबाट १ हजार दरका १ सय ६३ थान गरी जम्मा १ लाख ६३ हजार नक्कली नेपाली रूपैयाँ सहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं बौद्ध बस्ने सिन्धुपाल्चोक गोल्चे गाउँपालिका-३ घर भएका २१ वर्षीय बिजय तामाङ र सिन्धुपाल्चोक बाह्रबिसे गाउँपालिका- ४ घर भई काभ्रे बनेपा बस्ने ३० वर्षीय धुर्ब श्रेष्ठ रहेका छन् ।

महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नक्कली नोट सहित उक्त डान्सबारमा फेला पारी पक्राउ गरेको जानकारी दिदै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकोछ ।