शुक्रबार, बैशाख १४, २०८१

महाशिवरात्रि पर्वको अवसरमा अभिनेत्री मनीषाको आवाजमा ‘महामृत्युञ्जय मन्त्र’को भिडियो सार्वजनिक

अनुप प्रधान
काठमाडौं फागुन २७,

महाशिवरात्रि पर्वको अवसरमा बलिउड अभिनेत्री मनीषा कोइरालाले आवाजमा रहेको ‘महामृत्युञ्जय मन्त्र’ शताब्दी पुरुष सत्यमोहन जोशीले पाटन दरबार क्षेत्रमा भएको एक औपचारिक कार्यक्रमका वीच सार्वजनिक गर्नु भएको छ ।

परम्परागत  एवम्सं स्कृत शब्दमा तयार गरिएको महामृत्युञ्जयमा मनीषासँगै सुरसुधाका सुरेन्द्र श्रेष्ठ र सरस्वती खत्रीको सुमधुर आवाज रहेको छ । टाइम्स म्युजिक स्प्रीचुअल युट्युब च्यानलबाट सार्वजनिक गरिको सुरेन्द्र श्रेष्ठको कम्पोजमा राजीव श्रेष्ठको सितार, प्रेम रानाको बाँसुरी र विकास सिंहको गितारले महामृत्युञ्जय मन्त्र थप निखारता ल्याएको छ ।

टाइम्स म्युजिक स्प्रीचुअल युट्युब च्यानलबाट सार्वजनिक गरिएको महामृत्युञ्जय मन्त्रको भिडियो निर्देशन र सम्पादन अनुप सापकोटाले गर्नभएकोछ । यस्तै उज्ज्वल जोशी र जावेद खानले भिडियोको छायांकन गरेका हुन् । पछिल्लो समय अर्वुद्ध रोगको शिकन्जाबाट उन्मुक्ति पाएकी मनिषा कोइराला पुस्तक लेखन, सामाजिक कार्य तथा संगीत कर्ममा व्यस्त रहदै आएकी छिन ।