शनिबार, जेष्ठ २९, २०७८

पार्टीको नाम तथा चुनाव चिह्न परिवर्तनका लागि सम्पर्कमा आउन आयोगको आग्रह

काठमाडौं फागुन २५,
निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्रलाई आ-आफ्नो नाम तथा चुनाव चिह्न परिवर्तनका लागि सम्पर्कमा आउन आग्रह गर्दै पत्राचार गर्ने तयारी गरेको छ ।  सोमबार अन्तर्राष्ट्रिय नारी दिवसको सार्वजनिक विदा भएकाले पत्राचार गर्न नपाएको बताउँदै आयोगका प्रवक्ता राजकुमार श्रेष्ठ भने, ‘त्यो काम आज त गर्नैपर्ने छ ।’

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकतापछि गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई खारेज गरिदिएको थियो । सर्वोच्चले नेकपा नामको आधिकारिकता ऋषि कट्टेललाई दिने फैसला गरेको छ ।

२०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्र एकता भएर नयाँ पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखिएको थियो । आफ्नो नेतृत्वमा पहिल्यै नेकपा नामको पार्टी निर्वाचन आयोगमा दर्ता भएको भन्दै कट्टेल सर्वोच्चमा पुगेका थिए ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु