शुक्रबार, बैशाख १४, २०८१

तामाङ समुदायको नयाँ वर्ष अर्थात सोनाम ल्होसार आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौ माघ ३०,
तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने नयाँ वर्ष अर्थात सोनाम ल्होसार आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७औँ वर्ष शुरु हुन्छ । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ ।
मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५६औँ वर्ष संगै मुसा, गाई, बाघ, खरायो, ड्रागन [मेघ], सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ग मध्ये आजदेखि सुँगुर वर्ष पूरा गरी मुसा वर्ष प्रवेशमा नयाँ वर्ष प्रवेश गर्ने सम्वद्ध समुदायले बताएका छन ।

त्यस्तै तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाउनका लागि सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । त्यस्तै पर्व मनाउने क्रममा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी मनाउन लागेको समितिले जनाएको छ ।

यसैगरी राजधानीको स्वयम्भू क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी ल्होसार मनाइने जनाइएको छ । यसैगरी देशका अन्य भागमा पनि ल्होसार मनाइने तयारी भइरहेको प्राप्त जानकारीहरुमा उल्लेख गरिएको छ ।