मङ्लबार, बैशाख ४, २०८१

संसद विघटन प्रकरणमा जारी दुवै पक्षको बहस सकियो

काठमाडौ माघ ३०,
संसद विघटन प्रकरण अन्र्तगत सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदक र सरकार सम्वद्ध दुवै तर्फबाट जारी बहस बिहीबारबाट सकिएकोछ ।
संसद विघटन प्रकरण मुद्धामा दुवै पक्षका कानुन व्यवसायीहरूले बहस विहिवारबाट सकिएसंगै अब आइतबारदेखि बहसमा उठेका प्रश्नमा निवेदकका तर्फबाट जवाफ दिइने कार्यारम्भ हुने सर्वोच्च प्रशासनले जनाएको छ ।
त्यसपछिका चरणमा नेपाल बार र सर्वोच्च अदालत बार एसोसिएसनबाट सिफारिस हुनुभएका एमिकस क्यूरीले इजलासलाई राय दिने क्रम सुरु हुने हुने जनाएको छ ।