सोमवार, बैशाख १७, २०८१

उपत्यकाका ५८ सहित देशभर १३० संक्रमितको पहिचान, ७ को मृत्यु

काठमाडौ माघ २६,
पछिल्लो २४ घण्टामा देशभरका विभिन प्रयोगशालामा ३ हजार ३ सय ३३ जनाको पीसीआर परीक्षणको क्रममा काठमाडौँ उपत्यकामा ५८ सहित देशभर थप १ सय ३० जनामा कोभिड संक्रमण देखिएसंगै नेपालम कुल कोभिड संक्रमितको संख्या २ लाख ७२ हजार ५५ पुगेको छ ।

त्यस्तै यसवीचमा देशभरबाट थप १ सय ९४ जना संक्रमित संक्रमणमुक्तभएसंगै संक्रमण मुक्त हुेको सख्या २ लाख ६८ हजार २ सय ६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ ।

साथै मन्त्रालयले देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ४४ रहेको र यसमध्ये ६३ जना आइसीयूमा र १७ जना संक्रमितको भेन्टीलेटरमा उपचार हुँदै गरेको जनाएको छ । त्यस्तै वितेको २४ घण्टामा थप ७ जना संक्रमितको मृत्यु भएको र योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ४५ पुगेको जनाएको छ ।