शुक्रबार, बैशाख ७, २०८१

विश्वहिन्दु महासङ्घका निमित्त अध्यक्ष चौरडिया पदमुक्त, नयाँ जिम्मेवारी अर्याललाइ

काठमाडौ माघ २७,
विश्वहिन्दु महासङ्घ समितिको नेपालभित्र रहेका कार्यकारीणी समितिको सोमबार बसेको आकस्मिक बैठकको निर्णय अनुरुप महासङ्घका निमित्त अध्यक्ष प्रमोद कुमार चौरडियालाई अध्यक्षको जिम्मेवारीबाट मुक्त गरिएको छ ।  निर्वाचित अध्यक्ष जनरल भरत केसर सिंहको निधन पछि २०७५ श्रावण २१ गते बसेको कार्यसम्पादन समितिको बैठकको निर्णय अनुसार महासंघको निमित्त अध्यक्षको जिम्मेवारी चौरडियालाए दिईएको थियो ।

पछिल्लो समय निमित्त अध्यक्ष चौरडियाले कार्य सम्पादन समितिको निर्णय तथा कार्यादेश भन्दा बाहिर गई अनाधिकृत रुपमा एकलौटी ढंगले स्वेच्छाचारीरुपमा मनमौजी कामकारवाहीलाइ निरन्तरता दिन थाले पछि निमित्त अध्यक्ष पदबाट मुक्त गरिएको महासंघकी महासचिव अस्मिता भण्डारीले जानकारी दिनभयो ।  त्यस्तै उहाँले आजबसेको आकस्मिक बैठकले निमित्त अध्यक्षको कार्यभार महासंघ अन्तर्राष्ट्रिय समितिको विधानको अनुच्छेद २१ को २ अनुसार अर्का उपाध्यक्ष चक्रबन्धु अर्याललाइ दिइएको जानकारी दिइन ।

साथै महासंघ भारत इकाईको सभापतिमा मनोनयन गरिएको भनिएका प्रल्हाद भाइ दामोदरदास मोदीको मनोनयको कारण नेपाल भारत धार्मिक ,सांस्कृतिक सम्वन्धमा नै भ्रम तथा आशंका पैदा भएको जनाउदै यसवीचमा सिर्जना भएको भ्रम केवल भ्रम मात्र भएको जनाउदै अध्यक्ष प्रमोद चौरडियाका कारण सिर्जित कुनैपनि किसिमको अन्यौलतामा नर्पन सम्वद्ध सवैमा आग्रह गर्दै  भारत ईकाइको अन्तरिम सभापतिमा कालिकाजी मन्दिरका महन्थ सुरेन्द्रनाथ अद्भुतलाई नै सदर गर्ने निर्णय समेत भएको जानकारीदिइन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031