शनिबार, बैशाख १५, २०८१

पश्चिमी वायुको प्रभाव: आगामी बुधबारसम्म घाम लाग्ने सम्भावना न्यून

काठमाडौं पुस २०   ,

मौसम पूर्वानुमान महाशाखाले आज विहान जारी   मौसम पूर्वानुमान बुलेटिनमा    पश्चिमी वायुको प्रभावका कारण देशको धेरैजसो स्थानमा बुधबारसम्म बदली र हल्का वर्षाको सम्भावना संगै    बुधबारसम्म घाम लाग्ने सम्भावना निकै कम  रहेको जनाएकोछ ।

साथै  पश्चिमी वायुको प्रभाव बुधबारदेखि कमजोर हुँदैगएसंगै  मौसमा सुधार आउने  जनाउदै    महाशाखाले   काठमाडौमा आज बिहान हल्का वर्षा समेत भएको  जनाएकोछ ।  त्यस्तै उच्च पहाडी तथा हिमाली जिल्लामा हल्का हिमपात पनि भएको छ । हाल देशभर सामान्य बदली रहेको महाशाखाले जनाउकोछ ।

त्यस्तै दिउँसो देशभर सामान्य बदली रही सुदूरपश्चिम कर्णाली, गण्डकी, वाग्मती र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातका साथै सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी, वाग्मती र प्रदेश नं १ को भूभागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाउदै यसवीचमा  पर्वतारोहण तथा यात्रा गर्दा सावधानी अपनाउनहुन तथा बदली   बर्षा र हिमपातका कारण अधिकतम र न्युनतम तापक्रममा  उतारचढाव  आइ   देशैभरी चिसो बढ्ने संभावना रहेकोले चिसोबाट बच्न सजग रहन पनि सबैमा  आग्रह गरेको  छ ।

यस्तो छ  आगामी ३ दिनको   मौसम पूर्वानुमान :

 पौष २० गते (सोमबार)

दिउँसो : देशभर सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश,  गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको साथै  सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका भू-भागहरुका केहि स्थानहरु तथा लुम्बिनी, बागमती र प्रदेश न. १ को भू-भागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

राति : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको साथै  सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र  गण्डकी प्रदेशका भू-भागहरुका केहि स्थानहरु तथा लुम्बिनी, बागमती र प्रदेश न. १ को भू-भागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

पौष २१ गते (मंगलबार)

दिउँसो : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको साथै  सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरु तथा बागमती र प्रदेश न. १ को भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

राति : देशभर आंशिक देखि सामान्य बदली रही सुदुर पश्चिम , कर्णाली, गण्डकी , बागमती प्रदेश तथा प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको साथै  सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागहरुका केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

पौष २२ गते (बुधबार)

दिउँसो : देशको सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशहरुमा आन्शिक बदली रहने छ । सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति : देशको पहाडी भु-भागमा आंशिक बदली रहि एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।