बिहिबार, बैशाख १३, २०८१

स्रोत नखुलेको १ करोड ४७ लाख ८६ हजार सहित गुप्ता र थारु पक्राउ

काठमाडौं पुस २०   

चन्द्रागिरी नगरपलिकामा  महानगरीय प्रहरी प्रभाग नागढुङगा प्रहरीले     स्रोत नखुलेको १ करोड ४७ लाख ८६ हजार रुपैयाँ सहित  भारत गोरखपुर बस्ने ३० वर्षीय अमित कुमार गुप्ता र कपिलबस्तु वाडगंगा नगरपालिका ४ बस्ने २२ वर्षीय संगम थारुलाइ पक्राउ गरेको  छ ।

कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३९०१९०२३ च २२५९ नम्बरको कारको चेक जाँचको क्रममा     कारभित्र ३ वटा झोलामा लुकाई ल्याएको उक्त रुपैयाँ फेला पारी चालक थारु र कारमा सवार अमित कुमारलाई पक्राउ गरेको महानगरीय प्रहरी प्रभाग नागढुङगाले जनाएदै  यस सम्बन्धमा  आवश्यक थप अनुसन्धान गरिरहेको जनाएकोछ ।