शुक्रबार, बैशाख १४, २०८१

लोकतन्त्र र संविधानको रक्षाका लागि काँग्रेसले जस्तो सुकै कदम उठाउन पनि पछि नपर्ने नेता सिंहको उद्घोष

काठमाडौं माघ ३,

नेपाली कांग्रेसले आज प्रतिनिधि सभा विघटन विरुद्ध ७ सय ५३ वटै स्थानीय तहमा प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी  ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेयता सो कदमको विरोध गरिरहेको कांग्रेसले आज देशभरका सबै पालिकामा प्रदर्शन गरेको हो । यसैक्रमममा काठमाडौं महानगरपालिमा भएको प्रदर्शनलाइ सम्बोधन गर्दै काँग्रेस नेता प्रकाशमानसिंहले प्रधानमन्त्री केपी ओलीले संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभा विघटन गर्दै मुलुकमा सर्वसत्तावाद  लाड्ने तयारी गरेको बताउनु भएकोछ ।

त्यस्तै प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध काँग्रेस किमार्थ चुप लागेर नबस्ने उद्घोष गर्दै आफ्नो स्वार्थका लागि मुलुकको संविधानको मर्म मागि प्रहार गर्ने अधिकार नत राष्ट्रपतिलाइ छ नत प्रधानमन्त्रीलाइ नेता सिंहले भने ।

साथै उहाँले संविधानको बर्खिलापमा प्रधानमन्त्रीले गरेको सिफारिस संगै  संविधानको रक्षक मानिएका राष्ट्रपतिले त्यस प्रस्तावको अनुमोदन गर्नु भनेको लाकेतन्त्रको चिर हरण भएको आशय व्यक्त गर्दै लाकेतन्त्र र काँग्रेस सरकारको नेतृत्वमा जारी भएको संविधानको रक्षाका लागि काँग्रेसले जस्तो सुकै कदम उठाउन समेत पछि नपर्ने बताउनुभयो ।

विरोधसभामा काठमाडौं महानगरपालिका वडा २५ का अध्यक्ष निलकाजी शाक्य ,बाग्मती प्रदेश सभा सदस्य नरोत्तम बैधे काठमाडौं काँग्रेस सभापति सबुज बाँनिया, विधार्थी सघका नेता मनोज बैध लगायतका वक्ताहरले ओली नेतृत्वको सरकारले संसद विघटन गर्दै मुलुकममा सिर्जना गरेको अराजकताको भत्सना गर्दै थप शसक्त आन्दोन को मार्ग अख्तियार गर्नुको विकल्प भएको बताए ।

विरोध सभा काठमाडौं महानगरमा काँग्रेसका तर्फबाट प्रमुखका उम्मेदवार रहेका राजुराज जोशीको सभापतित्वमा भएको थियो ।