बिहिबार, चैत्र १५, २०८०

उपत्यकाका १३१ सहित देशभर थप २ सय ४० जनामा कोभिड संक्रमण

काठमाडौं माघ ३ ,

पछिल्लो २४ घण्टामा देशभरका विभिन् प्रयोगशालामा ३ हजार ८१९ जनाको पीसीआर परिक्षणको क्रममा काठमाडौं उपत्यकाका १३१ सहित देशभर थप २ सय ४० जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।

त्यस्तै यसवीचमा देशभरबाट थप ४ सय ७७ जना संक्रमित संक्रमणमुक्त भएसंगै संक्रमण मुक्त हुनेको सख्या २ लाख ६१ हजार ४४ पुगेको छ । आज पहिचान भएका संक्रमित संगै मुलुकमा कुल कोभिड संक्रमितको सख्या २ लाख ६७ हजार ५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ५८ र १६९ जना संक्रमितको आइसीयूमा त्यस्तै ३८ जनाको भेन्टीलेटरमा उपचार भइरहेको जानकारीदिनुको अलावा संक्रमणबाट थप ६ जनाको मृत्यु भएको र योसंगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९५४ पुगेको जानकारी दिएको छ ।