शनिबार, बैशाख १५, २०८१

प्रम ओलीको बढ्दो दौडधुप कहिले प्रचण्ड निवास त कहिले वादल निवास

काठमाडौं पुस ४
सत्तारुढ नेकपामा मौलाउँदै आएको विवादको निकास पहिल्याउन भन्दै पार्टी अध्यक्षद्दय वीच प्रचण्ड निवास खुमलटारमा  आज भेटवार्ता भएको छ ।

वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष बामदेव गौतम समेतको उपस्थितीमा भएको आजको भेटवार्ताको क्रममा उहाँहरुवीच जारी अध्यादेश स्थायी समिति बैठकमा एजेण्डा लगायतका विषय केन्दीत रहेको बताइएको छ । त्यस्तै प्रम  ओली वाहिरिएसंगै अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीच छलफल गर्दैगर्दा उता खुमलटारबाट वाहिरिएको प्रम ओली भने गृहमन्त्री एवम् पार्टी सचिवालय सदस्य रामबहादुर थापासँग पुल्चोकमा अर्को छलफलमा सहभागी भएको बताईएकोछ ।

यसअघि अध्यक्षबीचको भेटवार्तामामा सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गर्ने र सत्तारुढदलकै सासंदले संसद्को विशेष अधिवेशन बोलाउन माग गर्दै राष्ट्रपतिसमक्ष दिएको आवेदन फिर्ता लिने सहमति भएको बताईएको थियो तर नत अध्यादेश औपचारिक रुपमा फिर्ता भएको घोषणा समेत नभएको अवस्थामा आइतबार बस्दै गरेको स्थायी समितिको बैठकमा प्रम  ओली कसरी प्रस्तुत हुने हो त्यो भने प्रतिक्षाको विषय भएको बताईएकोछ ।