आइतवार, साउन १७, २०७८

उखु किसानको आन्दोलनमा कविहरुको एकेवद्धता

काठमाडौ पुसर ४ ,

बक्यौता रकम उठाउनका लागि आन्दोलनरत उखु किसानको समर्थनमा कविहरूको प्रतिनिधित्व गर्दै कविहरुले माइतीघर मन्डलामा कविता वाचन गरेका छन्। १२ जना कविहरूले विभिन्न शिर्षकमा रही किसान, कृषीजीवी, मजदूर एवं आन्दोलनरत उखु कृषकका पक्षधरता लिँदै कविता वाचन गरेका हुन्। कविता वाचन कार्यक्रममा आन्दोलनरत किसानहरूले पनि आ९आफ्ना कविताहरू सुनाएका थिए। नवलपरासीका राजकुमार राजवरी, सर्लाहीका हरिशरण लगायतले आन्दोलनस्थमा कविताका माध्यमबाट आफ्ना मागको सम्बोधन हुनुपर्ने भावार्थका कविताहरू वाचन गरेका हुन्।

आन्दोलरत उखु किसानसँग ऐक्यबद्धता जनाउदै कविहरू पवन ढुंगाना, सुष्मा तिमिल्सिना, रसिक राज, सुरज पराजुली, अन्शु खनाल, सारस चरी, राजु झल्लु प्रसाद, देव व्रत, असिम सागरले कविता वाचन गरेका हुन्।

गत वर्ष पुस १८ गते उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको रोहबरमा आन्दोलनरत किसान र सरकारबीच लिखित सम्झौता नै भएको थियो। सोही सम्झौताका भरमा किसानलाई राजधानीमा भइरहेको विभिन्न चरणको आन्दोलन स्थगित गर्न लगाइएको थियो। सरकारले माघ ७ भित्रमा सम्पूर्ण बक्यौता रकम उपलब्ध गराइदिने लिखित सम्झौता गरेपछि किसानले पनि विश्वास गरी आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएका थिए। तर सबै भुक्तानी पाएनन्, सरकारले तोकेको अवधिसम्म जम्मा १६ करोड १४ लाख रुपैयाँ मात्र पाए। किसानले अझै उद्योगहरूबाट करिब एक अर्बको हाराहारीमा पुरानो रकम लिन बाँकी रहेको बताएका छन्।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930