काठमाडौ मंसिर २२,
आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोपमा पूर्पक्षका लागि हिरासतमा रहेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको छ । सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले गिरीलाई आज सफाइ दिदै थुना मसक्त र्ग आदेश दिएको हो ।
सो मुद्दामा सोमबार तोकिएको पेशी सार्न सरकारी वकिलको कार्यालयले अदालतमा निवेदन दर्ता गराए पनि सरकारी वकिलको निवेदन नै दर्ता नगरी अदालतले गिरीलाई सफाइ दिने निर्णय गरेको बुझिएको छ ।