आइतवार, बैशाख १६, २०८१

नेकपा सचिवालय बैठक: अध्यक्षद्दयको प्रस्तावमाथि छलफल सुरु

काठमाडौं मंसिर १६,
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक केहि समयअघि सकिएको छ । बैठक पछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षद्वयको प्रस्तावमा आजदेखि छलफल सुरु भएको जानकारी दिदै आजको बैठकमा अध्यक्षद्दयले आआफ्नो धारणा राखेको जानकारीदिनुभयो ।

त्यस्तै आजको बैठकले भोलिसम्म नेताहरुबीच अनौपचारिक छलफल गरेर भोलि दिउँसो १ बजे फेरि सचिवालय बैठक बस्ने भएको छ । भोलिको बैठकमा सचिवालयका अन्य नेताहरुले अध्यक्षद्वयको प्रस्ताव उपर आफ्नो धारणा राख्ने काययोजना तय भएको बताउनुभयो ।