बुधबार, बैशाख २६, २०८१

उपत्यकाका ७८५ जना सहित थप १६ सय १४ जनामा कोभिड संक्रमण, २३ को मृत्यु

काठमाडौ मंसिर ११,
पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा गरिएको vपीसीआर परीक्षणो क्रममा थप १ हजार ६ सय १४ जनामा कोभिड संक्रमण पुष्टिभएसंगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको छ । त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ७९३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी देशभर थप १४ सय ३७ जना संक्रमित उपचारपछि डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको संख्या २ लाख ९ हजार ४३५ पुगेको छ भने संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा संक्रमणबाट निधन हुनेको संख्या १ हजार ४ सय १२ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७८५ जना कोभिड संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ६ सय २०, भक्तपुरमा ५१ र ललितपुरमा ११४ जना नयाँ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031