बिहिबार, चैत्र १५, २०८०

प्रधानमन्त्री ओली र भारतीय विदेशसचिवबीच भेटवार्ता

काठमाडौ मंसिर ११,
प्रधानमन्त्री केपी ओली र नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला विच शिष्टाचार भेटवार्ता भएको छ । बिहीबार नेपाल आएका उनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हो ।

बिहीबार काठमाडौं आएदेखि उनी निरन्तर भेटघाटमा छन् । उनले परराष्ट्र सचिवस्तरको बैठकमा सहभागी हुनुका साथै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग पनि भेटवार्ता गरेका छन् । उनले बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको थाहा भएको छ ।

शुक्रबार उनी गोरखा र मनाङमा भारतको सहयोगमा निर्माण भएका घर र धार्मिक स्थल उद्घाटन गर्न जाने कार्यक्रम तय भएको छ ।