शनिबार, बैशाख १५, २०८१

उदाउँदो सूर्यलाइ प्रातकालीन अर्घ अर्पणगरे संगै आजबाट सकियो छठपर्व

[फाइल फोटो ]

काठमाडौं मंसिर ६,
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व आज बिहान ६ बजेर २९ मिनेटको समयमा उदाउँदो सूर्यदेवलाइ प्रातकालीन अर्घ अर्पणगरेसंगै समापन भएको छ । यसअघि शुक्रवार  वर्तालुले छठ पर्वको मुख्य पूजा अर्थात उपासना सहित अस्ताउँदो सूर्यदेवलाइ अर्घ अर्पण  गरेका थियो । विगतका वर्षमा उपत्यकाका गुह्येश्वरी, कमलपोखरी, गहनापोखरी, शङ्खमूल, थापाथली, वाग्मती, विष्णुमती निारमा पुगेर भव्य रुपमा पूजा गर्ने परम्परा रहेपनि यसवर्ष कोभिड संक्रमणको जोखिमका कारण सँझिया घाटको सवै विधि वर्तालुको घरघरमा र आफुलाइ पायक पर्ने स्थानमा मनाइएको थियो ।

त्यस्तै विहिवारका दिन ब्रतालुहरुले खरना पूजा गर्दै राति खीर, पुरी लगायतका वस्तुहरु कुल देवता र सूर्य देवतालाई चढाई अरबा अरबाइन अर्थात बिना नुनको खानेकुराहरु खाएका थिए । छठमा विशेषगरि पीठोबाट बनाइएको ठेकुवा, पुडी, लड्डु, कसार, उखु, केरालगायतका सामग्रीहरु प्रसादका रुपमा अर्पण गर्ने प्रचलन रहिआएको छ ।

 छठ पर्वको विषयमा पौराणिक ग्रन्थ महाभारतमा उल्लेखभएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेसंगै पाण्डवहरुको यावत समस्या समाधान भएको आख्यान पाइन्छ । समग्रमा छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति हुनुको अलावा मनोकामना पूरा हुनु र चर्मरोगबाट छुटकारा पाइने पछिल्ल्लो जनविश्वास समेत रहेको पाइन्छ । सूर्य पुराणानुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसुया छठ व्रत बसेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठपर्व’ मनाउने परम्पराको शुरुआत भएको विश्वास गरिन्छ ।