शुक्रबार, बैशाख ७, २०८१

काठमाडौं महानगरले निःशुल्क पीसीआर परीक्षणलाइ पुन सूचारु गर्दै

काठमाडौ मंसिर ६,
काठमाडौं महानगरपालिकाले आइतवारबाट नेपाल सरकारले तोकेको मापदण्ड भित्र पर्ने व्यक्तिहरुको निःशुल्क पीसीआर परीक्षण गर्नका लागि स्वाब संकलन गर्ने कार्य सूचारु गर्ने भएको छ ।

शनिबार राष्ट्रिय विभूति शंखधर साख्वाः र मानव अधिकार अभियान अगुवा पद्मरत्न तुलाधरको शालिक अनावरण कार्यक्रममा सञ्चारकर्मीसंगको कुराकानीको क्रममा महानगर प्रमुख विद्यासुन्दर शाक्यले  आइतवारबाट पुनः स्वाब संकलन कार्य सूचारु गर्न लागिएको जानकारी दिनुभएको हो ।

यस्तै उहाँले यसको लागि कन्ट्याक्ट ट्रेसिङमा परेका अशक्त र जेष्ठ नागरिकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न मोवाइल भ्यान सञ्चालन गर्ने तयारी गरिएको बताउदै परीक्षणको दायरालाइ फराकिलो बनाउने महानगरको तयारी अनुरुप कन्ट्याक टेसिङमा परेका र लक्षण देखिएकालाई मात्र पीसीआर टेष्ट गर्न आग्रह गनुभयो ।

यस्तै उपत्यकामा पछिल्लो समय बढिरहेको कोभिड संक्रमणको चक्र तोड्न प्रभावकारी कदम चाल्नुपर्ने अवस्था आएको बताउदै प्रमुख शाक्यले  यसको लागि उपत्यका नगरपालिका फोरमले कोभिड– १९ संकट व्यवस्थापन केन्द्र [सिसिएमसी]लाई सुझाव दिइसकेको जानकारी दिदै सरकारको सुझाव उपर कस्तो निर्णय गर्छ त्यहि अनुसार हुने बताए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031