शुक्रबार, बैशाख १४, २०८१

भनपालाइ  भक्तपुर बचत तथा ऋण सहकारीको तर्फबाट ११ लाख सहयोग

भक्तपुर कार्तिक १९ / राम चन्द्र प्रजापति,

भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिले आफ्नो २४ औं स्थापाना दिवसको अवसरमा सामुदायिक विकास कोष अन्तरगत भक्तपुर नगरपालिकालाई कोभिड पीडितको उपचारको लागि रु ११ लाख ११हजार १सय ११  रुपैयाँ सहयोग गरेको छ ।

सहकारीका अध्यक्ष बलराम प्रजापतिले पत्रकार भेटघाट कार्यक्रम मार्फत प्रस्तुत सहयोगको जानकारी दिदै २४ औं स्थापाना दिवसकै अवसरमा २०७६ फागुन देखि २०७७ असार मसान्तसम्म  कोभिड कहरलाइ दृष्टिगत गर्दै  भाखामा भाखा नाघेको ऋणको विना शुल्क चार महिना भाखा थप  र जरिवाना छुट , सहकारीले बढ्दो रक्तभावको समस्यालाइ दृष्टिगत गर्दै कार्तिक १९ गते ख्वप इन्जिनियरिङ कलेज जाने चोकमा रक्तदान कार्यक्रम कार्तिक २० गते जेष्ठ सदस्यहरुलाई पौष्टिक आहार वितरण लगायतका रचनात्मक कार्यक्रमको आयोजना गरिने जानकारी दिनुभयो ।

त्यस्तै संचालक समिति सदस्य जगनाथ प्रजापतिले संस्थागत परिचय सहित समुदायको विकासका लागि सहकारीले गर्दै आइरहेको कामकारवाहीको जानकारीदिनु भएको थियो ।