बिहिबार, बैशाख २७, २०८१

मौसमी रुघा खोकीलाइ  कोभिडको संक्रमणको रुपमा नबुझ्न सम्वद्ध चिकित्सकको आग्रह 

काठमाडौ कार्तिक १९,

केहि दिन यता देखि उपत्यका लागयत देशैभर चिसो मौसमको शुरवात भएको छ। यस वीचमा अर्थात मौसमको परिवर्तन संगै रुघा, खोकी लाग्नु सामान्य नियमित प्रक्रिया हो । तर बढ्दोका कोभिड संक्रमणको जोखिम संगै सामान्य रुघा खोकी र ज्वारो आउनासाथ अधिकांशले कोभिड १९ भएको आशंका गर्न थालेका छन ।

सम्वद्ध चिकित्सकहरुका अनुसार जाडो मौसम सुरु हुने बेलामा यस्ता लक्षण देखिनु र मौसमी रुघा खोकी लाग्ने क्रम बढ्नु सामान्य कुरा भएका कारण कोभिडको संक्रमणको रुपमा बुझ्न नहुँने बताएका छन ।

यहाँ स्मरणीय पक्ष भनेको मौसमी रुघा खोकी र कोभिड९ १९ विल्कुल फरक खालका संक्रमण हुन । मौसमी रुघाखोकीमा हाच्छिउँ आउने, घाँटी दुख्नुका साथै ज्वरो आउने र निश्चित समयपछि निको हुदै जान्छ । तर कोभिड १९को संक्रमण भएका बिरामीमा भने स्वाद, गन्ध हराउने, जीउ दुख्नुको साथै स्वास फेर्न गाह्रो हुने र उच्च ज्वरो आउने लक्षण देखिने पक्षलाइ नजरअन्दाज नगर्न सुझाएका छन ।