बिहिबार, बैशाख १३, २०८१

कक्षा १२ को परीक्षा : विद्यार्थीहरु जहाँ छन्, त्यहीँबाट परीक्षामा सहभागी गराउन मन्त्री पोखरेलको निर्देशन

काठमाडौं कार्तिक १९,
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कोभिड जोखिमको विषम स्थितिमा आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन हुने कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिनुभएको छ ।

शिक्षामन्त्री पोखरेलले मन्त्रालयका सचिव गोपीनाथ मैनाली, बोर्डका अध्यक्ष डा चन्द्रमणि पौडेल, सदस्यसचिव दुर्गाप्रसाद अर्याल र मन्त्रालयका सहसचिव दीपक शर्मा लगायतका बोर्डका अन्य पदाधिकारीको उपस्थितीमा निर्देशन दिँदै विद्यार्थीहरु जहाँ छन्, त्यहीँबाट स्वास्थ्य मापदण्ड पूरा गरी परीक्षामा सहभागी गराउदै परषिा सञ्चालन गर्न भनेको छ ।  साथै उहाँले इन्टरनेटमा समस्या भएमा सम्बन्धित विद्यालयले डाटामार्फत सुविधा दिनसमेत भनेको छ।

त्यस्तै यसरी लिइने अनलाइन परीक्षा ४० प्रतिशत प्राप्ताङ्कको हुने र विद्यार्थीको २० प्रतिशत नम्बर आन्तरिक मूल्याङ्कन र ४० प्रतिशत कक्षा ११ को नम्बरबाट गणना गरिने वोर्डले जनाएको छ ।

साथै बोर्डले सार्वजनिक गरेको परीक्षा कार्यतालिकामा कोभिड १९ सङ्क्रमित भएका परीक्षार्थीलाई परीक्षामा सामेल नहुन अनुरोध गर्दै त्यस्ता परीक्षार्थीका लागि नेपाल सरकारको मान्यताप्राप्त प्रयोगशालाको रिपोर्टका आधारमा पछि छुट्टै व्यवस्था गर्ने जनाएको छ ।