शनिबार, बैशाख १५, २०८१

आज यमपञ्चक अन्र्तगत कुकुर तिहार मनाइदै

काठमाडौं कार्तिक २९,

आज यमपञ्चक अन्र्तगत  घर-घरमा सुरक्षा गर्ने कुकुरको पूजाआजा गरी मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ । कुकुर तिहारका सम्बन्धमा विभिन्न धार्मिक एवं सामाजिक मान्यता रहँदै आएको छ। जसअनुसरार आजको दिन कुकुरको पूजा गरेमा यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छाडिदिने धार्मिक विश्वास  रहिेआएको छ ।

यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ। कुकुरलाई पनि यमदूतका रूपमा लिइन्छ। कुकुर यमराजको अर्को प्रीय भक्त हो। कुकुरलाई आज्ञापालक एवम् रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन९अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ। कुकुरले घरको रेखदेख तथा चोरी चकारीबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ। त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना दिन सक्ने क्षमता समेत कुुकुरमा रहेको पाइन्छ । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ।

त्यस्तै अर्को आख्यान अनुसार वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास रहेको पाइन्छ । त्यस्तै आज बिहानै नरक चतुदर्शी पर्व पनि मनाइदै छ। आजको दिन प्रातकालमा यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक मत रहेका कारण आजै नरक चतुर्दशी पनि मनाउँने गरिएको हो ।