बिहिबार, बैशाख १३, २०८१

३९६ स्थानीय तहलाई अस्पतालको भवन शिलान्यास गर्ने व्यवस्था मिलाउन निर्देशन

काठमाडौं कार्तिक २८,

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई अस्पतालको भवन शिलान्यास गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।सरकारले आगामी मङ्सिर १५ गते ३९६ स्थानीय तहमा ५ देखि १५ शैयाको अस्पतलाको भवन शिलान्यास गर्ने निर्णय गरेको थियो । यसको आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

गत कार्तिक २ गते कोभिड संक्रमण रोकथाम तथा उपचारमा समन्वयका लागि दुवै मन्त्रालयका पदाधिकारीको बैठकले आगामी मंसिर १५ गते अर्थमन्त्री र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीले एकै साथ एकै समयमा शिलान्यास  गर्ने गरि नितिगत निर्णय गरेको हो ।  त्यस्तै ७ सय ५३ स्थानीय तहमध्ये ६४९ तहमा अस्पताल न रहेको अवस्थालाइ दृष्टिगत गर्दै पहिलो चरणमा ३९६ स्थानीय तहमा सरकारले अस्पताल बनाउन लागेका हो ।

साथै विज्ञप्तिमा अर्थ मन्त्रालयबाट पहिलो चरणमा ३९६ स्थानीय तहलाई पाँचदेखि १५ श्ययाको अस्पताल बनाउन क्रमस ५ शैयाको  अस्पतालका लागि ७० लाख, १० शैयाको लागि ८५ लाख र १५ श्ययाको लागि एक करोड बजेट विनियोजन गरिसकेको उल्लेख गरिएकोछ ।