शुक्रबार, बैशाख १४, २०८१

आज देखि छठपर्व शुरु, आज वर्तालु महिलाले आत्मशुद्धि सहित ‘नहायखाय’ मनाइदै

[फाइल फोटो]

काठमाडौं मंसिर ३,
वर्ष २०७७को तिहार पर्वको समापनसंगै छठ पर्वको रौनक सहित चहलपहल सुरु भएको छ । छठपर्व विधिवत् रुपमा आजदेखि शुरु हुँदैछ । नियम निष्ठाका साथ मनाइने गरिएको यस पर्वको पहिलो दिन बुधवार वर्तालु महिलाले आत्मशुद्धि गर्छन् । लसुन र प्याज पनि नखाने, अरुवा अरुवाइन अर्थात् शुद्ध भोजन गर्ने गर्छन् । यसलाई ‘नहायखाय’ भनिन्छ ।

त्यस्तै पर्वको दोस्रो दिन दिनभर उपवासमा बसेर बेलकीको समयमा नयाँ माटोको चुलोमा पूजाका लागि खीर पकाउने गर्छ । सोही खीर घरको देवीदेउतालाई अर्पण गर्दै खर्नाविधि अन्र्तगत परिवारका सदस्यबीच प्रसादका रुपमा वितरण गरी वर्तालुले पनि प्रसादकै रुपमा ग्रहण गर्ने गरिन्छ । पर्वको तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य र वर्तको चौंथो दिन उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै पर्वको विधिवत् समापन गरिन्छ।

छठपर्वको मसख्य आकर्षण भनेको षष्ठी तिथिमा पोखरीको डिल वा नदी किनारमा पूजाका सामग्री राखेर अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य अर्पण गरिन्छ । भोलिपल्ट सप्तमी तिथिमा उदाउँदै गरेको सूर्यलाई अघ्र्य अर्पण गरेपछि विधिवत् रुपमा पर्व सम्पन्न गर्नु हो ।
यद्यपी वर्ष ०७७को प्राय सवै चाड पर्व कोभिड कहरका कारण प्रभावित बनेको छ ।