मङ्लबार, बैशाख ११, २०८१

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीचको सम्बन्धमा दरार

सचिवालय बैठकको समयमानै प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं मंसिर ३,

सत्तारुढदल नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्डबीचको पछिल्लो समय सम्बन्ध थप चिसिएको छ । गत शुक्रबार सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको कटु आलोचना गर्दै कार्यकारी अध्यक्ष प्रचण्डले १९ पेजको प्रस्ताव पेश गरेसंगै अध्यक्षद्दय वीचको सम्बन्धमा थप तिक्तता आएको हो ।

त्यस्तै नेकपाको पछिल्लो सहमति अनुरुप आज बस्ने भनिएको सचिवालय बैठक समेत अन्योलमामात्र परेको नभइ बैठक वोलाईएको समयमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएपछि थप समस्या सिर्जना भएको सम्वद्ध स्रोतले जनाएको छ।

यता कार्यकारी अध्यक्ष प्रचण्ड जसरी भएपनिसचिवालय बैठक बस्ने मुडमा छन भने प्रम ओली भने आजको बैठक जसरी भएपनि बस्न नदिने पक्षमा देखिएको छ ।

त्यस्तै यसअघिको बैठकमा प्रचण्डले प्रस्तुत गरेको प्रस्ताव फिर्ता नगरेकै कारण नेकपामा थप समस्या सिर्जना मात्र नभइ पार्टी फुटका संघारमासमेत पुगेको प्रम ओली निकट पक्षले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031