शुक्रबार, बैशाख १४, २०८१

मौसमी फ्लू र कोभिडको लक्षण यसरी छुट्याउँनुस

काठमाडौ असोज २१,   पछिल्लो समय परिवर्तित मौसमसंगै बढ्दो कोभिड  संक्रमणको  बढ्दो जोखिमका कारण आम जनमानसमा मौसमी रुघाखोकी हो कि ? कोभिड संक्रमण ?  भन्ने पहिचान गर्न निकै सकस भएको अवस्था छ ।

कोभिड संक्रमणको सन्त्रास संगै सामान्य रुघाखोकी लाग्दा पनि कोभिड संक्रमण भयो कि भनेर त्रसित हुनेको संख्या बढ्दो रहेको पाईएसंगै जनस्वास्थ्यविद् डा.रवीन्द्र पाण्डेले विद्यमान सकसपूर्ण अवस्थाको सम्बोधन गर्दै निम्नानुसारको लक्षणको पहिचान गर्दै सामान्य रुघाखोकी र कोभिड संक्रमणको पहिचान गर्न सुझाएका छन ।

यस्तो छ परिवर्तर्तित मौसम अनुरुप सामान्य रुघाखोकी लाग्दा देखिने  लक्षण : 

  • नाकबाट पानी आउने
  • नाक बन्द हुने
  • हाच्छिउँ आउने
  • शरीर दुख्ने
  • हल्का ज्वरो आउने
  • टाउको दुख्ने
  • शरीर दुख्ने
  • सामान्य उपचार तथा आरामले फाइदा गर्ने
  • छोटो समयमा निको हुने
  • अस्पताल भर्ना हुनुपर्ने अवस्था प्रायः नआउने

कोभिड संक्रमण हुँदा देखिने लक्षण :

  •  उच्च ज्वरो आउने
  • सुक्खा खोकी लाग्ने
  • एकदम थकाइ लाग्ने
  • सास फेर्न गाह्रो हुने
  • स्वाद वा र गन्ध थाहा नहुने
  • घाँटी खसखस गर्ने र बोली परिवर्तन हुने
  • खाना नरुच्ने
  • निको हुन १० दिन लाग्न सक्ने
  • अक्सिजन र आईसीयूको उपचार आवश्यक पर्न सक्ने

यी दुवै रोग एक व्यक्तिबाट अर्कोमा सर्ने भएको हुँदा छुट्टै कोठामा बस्ने, आफूले प्रयोग गरेका सामान अरूलाई प्रयोग गर्न नदिने, तापक्रम, अक्सिजन हेरिरहने, आवश्यक परे पीसीआर टेस्ट गर्ने, चिकित्सकको सल्लाहबमोजिम उपचार गर्न समेत उहाँले सुझाव दिनुभएको छ।