बिहिबार, बैशाख १३, २०८१

उपत्यकावासीलाई सरकारको अपिल : कोभिड संक्रमणको उच्च जोखिम छ, आवश्यक सतर्कता अपनाऔँ

काठमाडौ असोज २१,

गत असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पछिल्लो समय काठमाडौ उपत्यकामा कोभिड सङ्क्रमणको जोखिम बढ्दो पाईएसंगै आम नागरिकलाइ उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।  त्यस्तै उहाँले मुलुकको अन्य भूभागमा कोभिडको महामारी विस्तारै नियन्त्रण उन्मुख हुँदै गए पनि काठमाडौ उपत्यकामा भने थप उच्च बन्दै गएका कारण यस्तो अपिल गरेको हो ।

मन्त्री ज्ञवालीले काठमाडौवासीलाई नेपालीको सबैभन्दा ठूलो चाड वडादशैं नजिकिँदै गरेको अवस्थामा आफूले सेवा दिँदा वा लिँदा, व्यवसाय सञ्चालन गर्दा वा सहयोग पु¥याउँदा, सार्वजनिक यातायात वा निजी सवारीसाधनमा हिँडडुल गर्दा तथा अन्य कुनै प्रकारको गतिविधि गर्दा कोभिड उच्च जोखिमलाई ध्यानमा राखेर सतर्कता अपनाउन आग्रह गर्दै अनावश्यक गतिविधीमा केन्द्रीत नहुँन अनुरोध समेत गनुभएकोछ ।

साथै उहाँले विगतका वर्षमा जस्तो गाउँगाउँबाट काठमाडौ ओहोरदोहोर गर्दा सङ्क्रमण फैलने जोखिम उच्च रहने जनाउ सहित अवका दिनमा यस्तो गतिविधीलाइ न्यून गर्दै टेलिफोनमार्फत आर्शिवाद लिन र दिन पहलकदममी दिनु उचित हुने समेत बताउनुभयो ।

त्यस्तै उहाँले मप बैठकले कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिको अध्यक्षमा डा। योगेन्द्रकुमार कार्की र कार्यकारी निर्देशकमा वरिष्ठ कृषिविज्ञ विनोदकुमार भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै विभिन्न देशमा कार्यरत रहेका अवैतनिक बाणिज्य तथा महाबाणिज्यदूतको कार्यकाल थप्ने निर्णय संगै
जनस्वास्थ्य सम्बन्धी सबै मादपण्ड पूरा गर्नेगरी विद्यालय तथा शिक्षण संस्थाहरुलाई सबै तह र विषयका परीक्षा सञ्चालन गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय समेत गरेको
छ ।

यस्तो छ मन्त्रिपरिषद् बैठकको थप निर्णय :