शुक्रबार, बैशाख १४, २०८१

ऐन र नियमावली कार्यान्वयन गर्ने सञ्चारमाध्यमलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउन महासंघको माग

अर्थमन्त्री पौडेललाइ महासंघको ध्यानाकर्षण सहितको सुझाव

काठमाडौं कार्तिक १३ ,
नेपाल पत्रकार महासंघले अर्थमन्त्री विष्णु पौडेललाइ श्रमजीवी पत्रकार ऐन र नियमावली कार्यान्वयन गर्ने सञ्चारमाध्यमलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउन माग गर्दै सुझाव १३ बुँदे सुझाव पत्र बुझाएकोछ ।

सुभाव पत्रमा महासंघले कोभिड महामारीका कारण जागिर गुमाएका र बेतलवी बिदामा रहेका श्रमजीवी पत्रकारहरुलाई लेखनवृत्तिसहित वैकल्पिक व्यवस्था गर्न त्यस्ते श्रमजीवी ऐन कार्यान्वनयन नगर्ने सञ्चारगृहलाई सरकारका तर्फबाट उपलब्ध हुँदै आएका सुविधा, सहुलियत र विज्ञापन उपलब्ध नगराउन समेत महासंघले मन्त्री पौडेलको ध्यानाकर्षण गराएको छ ।

त्यस्तै विज्ञापन ऐनमा भएको व्यवस्था अनुसार तत्काल सबै प्रकारका सञ्चारमाध्यमले पाउने गरी समानुपातिक विज्ञापन प्रणाली लागु गर्नु दुर्घटना बीमालाई थप विस्तार गरी स्वास्थ्य बीमा र जीवन बीमाको व्यवस्था गर्न र सरकारी अस्पताल र स्वास्थ्यसंस्थाबाट उपलब्ध गराइने भनिएको ५० प्रतिशत छुट लगायतका पूर्व निर्णहरु पनि कार्यान्वयन गर्न र । चालु आवबाट लागू हुने गरी जेष्ठ पत्रकार जीविकोपार्जन भत्ता वितरण गर्न पनि महासंघले आग्रह गरेको छ ।

त्यस्तै महासंघका अध्यक्ष गोविन्द आचार्य नेतृत्वको प्रतिनिधिमण्डलको ध्यानाकर्षण सहितको सुझव पत्र बुझ्दै मन्त्री पौडेलले पत्रकारहरुले सामान गर्दै आइरहेको समस्या समाधानका लागि तत्कालीन र दीर्घकालीन उपाय अबलम्बन गर्दै विद्यमान समस्याको सम्बोधन गर्न  आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।