शुक्रबार, बैशाख ७, २०८१

काठमाडौं उपत्यकाका १६१५ सहित देशभर २३ सय ६४ जनामा कोभिड संक्रमण, १७ संक्रमितको मृत्यु

काठमाडौ कार्तिक १३,
पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा ९ हजार ७ सय ६९ जनाको पीसीआर परीक्षणको क्रममा थप २ हजार ३ सय ६४ जनामा कोभिड संक्रमण पुष्टि भएसंगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ । त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ९ सय ५२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ ।

त्यस्तै आज संक्रमण पुष्टि भएका संक्रमित मध्ये काठमाडौं उपत्यकाका थप १ हजार ६१५ जना रहको र यसमध्ये काठमाडौंमा १ हजार ३३८ जना, ललितपुर जिल्लामा १८० जना र भक्तपुरमा ९७ जना रहेका मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयले देशभर थप २ हजार ३८ जना कोभिड संक्रमित उपचारपछि डिस्चार्ज भएसंगै संक्रमण डिस्चार्ज हुनेको संख्या १ लाख २४ हजार ८ सय ६२ पुगेको जनाउदै पछिल्लो २४ घण्टामा थप १७ जनाको संक्रमणका कारण मृत्यु भएको जनाएकोछ । यो संगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको सख्या ९ सय ४ पुगेको मन्त्रालयले जनाएकोछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2020
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930