शुक्रबार, बैशाख १४, २०८१

संसदीय उपसमितिको तर्फबाट काठमाडौंको वीर र पाटन अस्पतालको अनुगमन

काठमाडौ भाद्र ३०,
कोभिड १९ को सम्बन्धमा सरकारले गरेका कामकारवाहीकाको सन्दर्भमा अनुगमन गर्न गठित संसदीय उपसमितिका संयोजक सासंद जीवन राम श्रेष्ठको नेतृत्वको प्रतिनिधीमण्डलले काठमाडौंस्थित वीर   र ललितपुरस्थित पाटन अस्पतालको अनुगमन गरेको छ ।

अनुगमनको क्रममा वीर अस्पतालका उपकुलपति , कार्यकारी निर्देशक, नर्सिङ निर्देशक लगायत कोभिड १९ इन्चार्ज तथा चिकित्सकहरु सङ्ग कोभिड उपचारमा भईरहेका कार्य तथा गुनासो एवम समस्या बारे जानकारी लिदै कोभिड अस्पताल वार्डको अनुगमन तथा निरीक्षण गर्नुभएको थियो ।

त्यस्तै अस्पतालमा कोभिड बिरामीको शल्यक्रिया, तथा अन्य जाँच र साथै नन कोभिडका बिरामीलाई समेत सहजरुपमा उपचार गर्न नपाएको, स्वास्थयकर्मी तथा चिकित्सकहरु दिनरात खट्दासमेत जोखिम भत्ता नपाएकोले दुरुतसाहित भएका जस्ता समस्याको पहिचान गर्नुभएको छ ।

त्यस्तै दोस्रो  अस्पताल अनुगमनको क्रममा अस्पताल प्रशासनले कोभिड र ननकोभिडको ब्यवस्थापन गरिराखेको निष्कर्ष सहति सेवा संचालनको त्र,ममा खर्च धान्न गार्हो भईरहेको गुनासो सुनेसंगै सो सम्बन्धमा उपसमितले आवश्यक पहल सहित सरकारसङ संवाद गर्ने जनाउ दिनुभएको बुझिएकोछ ।

अनुगमनको क्रममा उपसमितिका संयोजक सासंद श्रेष्ठ , मा. तिल बहादुर महत क्षेत्री,मा.अन्जना बिशन्खे, मा.सरिता न्यौपाने ,मा एकबाल मिया, मा। नमिता चौधरी , उपसमितिको सचिव अमित कुमार यादव, सचिवालयका कर्मचारी रबिन्द्र पोखरेलको सहभागिता रहेको थियो । यसअघि समितिले शिक्षण अस्पताल, महाराजगन्ज को समेत अनुगमन गरिसकेको छ ।

यसैवीच संघीय संसद प्रतिनिधि सभाको सभामुख सम्माननीय अग्नि प्रसाद सापकोटासंग शिक्षा तथा स्वास्थ समितिका सभापति  मा जयपुरी घर्ती र कोभिड १९ अनुगमन गर्न गठित उपसमितिका संयोजक मा जीवन राम श्रेष्ठले भेटवार्ता सहति सरकारले कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारको क्रममा गर्दै गरको कामकारवाहीको अनुगमनका क्रममा प्राप्त निष्कर्षको जानकारी समेत गराउनुभएको छ ।