बुधबार, बैशाख १२, २०८१

उपत्यकामा दिनानुदिन बढ्यो संक्रमित र मृतकको रफ्तार ,आजमात्रै थपियो ६७६ जना संक्रमित

काठमाडौं भाद्र ३०,

पछिल्लो २४ घण्टामा पहिचान भएका १ हजार ४ सय ५९ जना संक्रमित मध्ये काठमाडौ, भक्तपुर र ललितपुरका गरि ६७६ जना संक्रमित रहको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १६९ महिला, ३८६ पुरुषगरि काठमाडौमा ५५५ जना , भक्तपुरमा ३७ महिला, ४९ जना पुरुष गरि भक्तपुरमा ८६ जना र ललितपुरमा १६ महिला, १९ पुरुष गरि ३५ जना रहेको जनाएको छ।

साथै देशभर संक्रमणका कारण गम्भीर अवस्था मा पुगेको १७४ जना संक्रमितको  आइसीयूमा र हने कोरोना संक्रमित देशभर र २८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । त्यस्तै संक्रमणका कारण काठमाडौका ४ जना सहित थप ११ जनाको निधन भएसंगै मृत्यु हुनेको संख्या ३७१ पुगेको छ ।