शुक्रबार, बैशाख १४, २०८१

बजारमा विषाक्त रसायन सहितको स्यानिटाजर छ्यापछ्याप्ति

विभाग कारवाहीमा, उत्पादक मस्त हुँदै उत्पादनमा, उपभोक्ता भने रणभुल्लमा

काठमाडौं असोज १२ ,

औषधि व्यवस्था विभागले थप ९ सेनिटाइजर उत्पादक कम्पनीका उत्पादनमाथि प्रतिबन्ध लगाएको छ । विभगले ती स्यानिटाजरको स्यमँपल परीक्षणको क्रममा मानव स्वास्थ्यमा गम्भीर असर पर्ने विषाक्त रसायन मिथानोल भेटिएपछि ति उद्योगमाथि कारबाही गरेको हो । त्यस्तै कारवाही गरिएको ९ वटै कम्पनीका उत्पादनको   बिक्री वितरण अविलम्ब रोक्का गर्दै  प्रयोग नगर्न निर्देशन समेत जारी गरेको छ ।

कारवाही गरिएको स्यानिटाजर उत्पाद कम्पनीमा क्रमस भारतीय कम्पनी शिभिका कस्मेक्युटिकल्स लिमिटेड उत्तराखण्डको हर्बलट्री ह्याण्ड रब, आर केमिकल एण्ड प्याकेजिङ इण्डस्ट्रीज पर्साको कुम ह्याण्ड सेनिटाइजर र क्लिन ह्याण्ड सेनिटाइजर, कुमकुम हर्बल इण्डस्ट्रिज बनेपाको कुमकुम इन्स्ट्यान्ट ह्याण्ड सेनिटाइजर र ओम आरोग्य हेल्थकेयर ललितपुरको इन्स्ट्यान्ट ह्यान्ड

सेनिटाइजर साधना सप्लायर्स काठमाडौंको साधना इन्स्ट्यान्ट ह्याण्ड सेनिटाइजर रहेका छन ।  त्यस्तै कालिका सोप एण्ड केमिकल इण्डस्ट्रिजको पहेलो रंगको ड्रोन ह्याण्ड सेनिटाइजर र रंगविनाका दुईवटा सेनिटाइजरमाथि पनि प्रतिबन्ध लगाएको छ ।यसअघि पनि विभागले नौवटा उद्योगमाथि कारवाही गरिसकेको छ ।  योसँगै नेपालमा प्रयोग गर्न नमिल्ले भनिएको स्यानिटाइजरको संख्या १८ पुगेको छ ।

त्यस्तै विभागले गत ५/३१ मा मानव स्वास्थ्यका लागि मिथानोल जस्तो विषाक्त हानिकारक रहेको स्यानिटाजरको प्रयोगबाट मानव स्वास्थ्यमा हुन सक्ने गम्भीर असरका सवालमा एक सूचना जारी तमाम सर्वसाधाणलाइ सुसूचित गराइसकेको अवस्था छ । तथापी यसवीचमा स्यानिटाजरको नियमन र परीक्षणमा विभागको क्रियाशीलता देखिएपनि कारवाहीको प्रक्रिया प्रभावकारी हदैसम्मको हुन नसक्दा उत्पादक मस्त हुँदै उत्पादनमा व्यस्त हुँदा उपभोक्ता भने दिनानुदिन रणभुल्लमा पर्न थालेको अवस्था छ ।