शुक्रबार, चैत्र १६, २०८०

साल्ट ट्रेडिङ र खाद्य कम्पनीले उपत्यकाका ५/५ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्ने

[फाइल फोटो ]

काठमाडौ असोज १२,
आसन्न नेपालीहरुको महान पर्व वडा दशैँ, तिहार र छठलाइ दृष्टिगत गर्दै आपूर्ति मन्त्रालयअन्तर्गतका सेवाप्रदायक संस्था साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको तर्फबाट राजधानीका विभिन्न क्षेत्रमा आगामी असोज १५ बाट मंसिर ७ गतेसम्मका लागि सहुलियत दरका सुपथ मूल्यका पसल सञ्चालन गर्ने भएको छ ।
प्राप्त जानकारी अनुसार दुई कम्पनीलाई काठमाडौ उपत्यकामा पाँच/पाँच स्थानमा अर्थात साल्ट ट्रेडिङको ललितपुर, सङ्लुगल, कोटेश्वर, भक्तपुर र बनेपामा बिक्री काउन्टर रहेका छन् । सोही स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिने कर्पाेरेशनले जनाएको छ । त्यस्तै खाद्य कम्पनीले काठमाडौँ उपत्यकाका पाँच बिक्री केन्द्र अन्र्तगत थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायकमा रहेका बिक्री काउन्टरमा नै सुपथ मूल्य सञ्चालन गर्ने तयारी भएको बताउदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोहि मुताविक अनुमति दिएको थाहा भएको छ ।