बुधबार, बैशाख २६, २०८१

अवको १५ दिन अगावै पुन स्वागत गर्न पाउने अपेक्षा सहित कार्यकारी निर्देशक घिसिङको विदाइ

काठमाडौ भाद्र ३०,
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाइ प्राधिकरणका कर्मचारीले अवको १५ दिन अगावै पुन स्वागत गर्न पाउने अपेक्षा सहित आज विदाइ गरेका छन ।

प्राधिकरणको चार वर्षे कार्यकाल पूरा गर्दै विदाइ हुनु भएका कार्यकारी निर्देशक घिसिङलाइ सोमवार बसेको मन्त्री परिषद बैठकले   पुन नियुक्त गर्ने अपेक्षा गरिएपनि प्रस्तुत विषयमा कुनै नितिगत निर्णय नभएसंगै आज उहाँलाइ प्राधिकरणका उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बुद्धको मूर्ति उपहार दिदै विदाइ गर्दै गर्दा कर्मचारी संघ सम्वद्ध पदाधिकारीले मार्मिक अभिव्यक्ति दिएको हो ।

विदाइ कार्यक्रममा आधिकारिक ट्रेड युनियन नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष रामेश्वोर पौडेल ,उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालागयतले  बिदाइ मन्तब्य अभिव्यक्त गर्नु भएको थियो ।