बुधबार, बैशाख २६, २०८१

बाढी पहिरो पिडितलाइ लायन्स क्लब अफ पोखरा डाउन टाउनको आर्थिक सहयोग

काठमाडौं भाद्र ३०,

लायन्स क्लब अफ पोखरा डाउन टाउनले बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका ६,७,र ८ वडाका बाढी पहिरो पिडितहरुलाई सहयोगार्थ रु ५६ हजार रुपैया स्थानीय पीडितका प्रतिनिधि धम बहादुर बुढा मगरलाई हस्तान्तरण गरेको छ ।  क्लब अध्यक्ष लायन रेशम बहादुर केसी र प्रमुख अतिथि लायन राम बहादुर बस्यालले संयुक्त रुपमा सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

त्यस्तै प्रमुख अथिती बस्यालले नेपालमा आइ पर्ने बिपत्तिलाइ दृष्टिगत गर्दै डिष्ट्रीकले छुट्टै कोष खडा गरि सहयोग गर्दै आईरहेको जनाउ दिदै देशमा हुने जुनसुकै किसिमको प्राकृति प्रकोपको समयमा लायन्स सदस्यहरु अग्रमोर्चा रहि सेवाभावका साथ क्रियाशील हुँदै आएको बताउनुभयो । त्यस्तै पीडितको तर्फबाट मगरले आफ्नो अभिव्यक्ति सहित क्लवको तर्फबाट प्राप्त सहयोग आफुहरु लाई अमृत भएको बताउनुभयो ।

बढ्दो कोभिड महामारी वीच सामाजिक दुरि कायम गर्दै क्लब अध्यक्ष लायन केसीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा लायन भानुभक्त अधिकारी , हरि प्रसाद पराजुली ,रहमोहन सुवेदी लगायतले  लायन्सको सेवा भावको विषयमा    अभिमत राख्नु भएको उक्त कार्यक्रम क्लव सचिब लायन अशोक श्रेष्ठले संचालन गर्नु भएको क्लब डाईरेक्ट्र लायन निरज बिक्रम राणाले बताउनु भयो ।