मङ्लबार, बैशाख ११, २०८१

भारतीय सरकारको तर्फबाट २ हजार भाइल रेमेडिसिभर प्राप्त

काठमाडौ भाद्र ३०,
भारत सरकारले नेपाल सरकारलाई आज गम्भीर अवस्थाका कोभिड–१९ का सङ्क्रमितको उपचारमा प्रयोग हुने ‘रेमेडिसिभर’इन्जेक्शन २, हजार भाइल सहयोग स्वरुप उपलब्ध गराएको छ । नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले भारत सरकारका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई ‘रेमेडिसिभर’इन्जेक्शन हस्तान्तरण गर्नुभएको हो ।

कोभिड–१९को महामारीको विषम अवस्थामा भारत सरकारले उपलब्ध गराएको रेमेडिसिभर का लागि भारत सरकारप्रति कृतज्ञता व्यक्त गर्दै मन्त्री ज्ञवालीले उक्त महामारीबाट भारत स्वयम् प्रभावित भएको अवस्थामा सकेत यस किसिमको सहयोग उपलब्ध गराउनु असल छिमेकीको प्रमाण भएको बताउदै नेपालको सामाजिक–आर्थिक विकासमा भारतबाट निरन्तररुपमा प्राप्त सहयोगको सराहना समेत गर्नुभयो ।

त्यस्तै नेपालका लागि भारतीय राजदूत क्वात्राले कोभिड–१९ विरुद्धको लडाइँमा भारत सरकारले आफ्नो क्षमताले भ्याएसम्म हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त नेपालबाट भारत प्रस्थान गर्नेहरूलाई पनि सहजरुपमा आउजाउको व्यवस्था मिलाइएको जानकारीसमेत दिनुभयो ।

यसअघि बंगलादेशले सहयोगस्वरुप नेपाललाई ५ हजार भाइल रेमडिसिभिर’इन्जेक्शन उपलब्ध गराएको थियो । जुन गएको शनिवार नेपाली सेनाको स्काई ट्रकमार्फत नेपाल ल्याइपुर्याएको थियो ।