शुक्रबार, बैशाख १४, २०८१

सहीद सप्ताह : शहीद धर्मभक्त माथेमाप्रति श्रद्धासुमन अभिव्यक्त

काठमाडौं माघ १३, सहीद सप्ताहका कार्यक्रमअन्तर्गत आज शहीद धर्मभक्त माथेमाले सहादत प्राप्त गर्नुभएको काठमाडौंस्थित सिफलमा एक कार्यक्रमकावीच उहाँप्रति श्रद्धासुमन व्यक्त गरिएको छ ।

श्रद्धाञ्जलीसभालाइ सम्बोधन गर्दै काठमार्डाै महानगरपालिकाका प्रमुख   विद्यासुन्दर शाक्यले व्यक्तिगत स्वार्थको धरातल भन्दा मागि उठेर मुलुकको लागि आफ्नो जीवन उत्सर्ग गर्नुभएको बताउँदै अवको चिन्तन भनेको व्यक्तिगत भन्दा पनि मुलुकको समृद्धिका लागि योगदान गर्नु रहेको बताउँनु भएको छ । साथै उहाँले सहिदको सपना पूरा गर्न समृद्धि र नागरिक स्वाधीनताको पक्षमा काम गर्नु आवश्यक रहेका बताउँनु भएको छ । त्यस्तै कार्यक्रममा कामपा वडा न ७ का अध्यक्ष शुद्धकुमार डंगोल, माथेमा गुठीका अध्यक्ष नरेशरामभक्त माथेमा लगायतले बोल्नु भएको थियो ।

तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शम्शेरले वि. सं. १९९७ साल माघ ६ गते तत्कालीन राजा त्रिभुवनका व्यायाम शिक्षकसमेत रहेका धर्मभक्त माथेमा सहित शुक्रराजशास्त्री, धर्मभक्तमाथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई ज्यानदण्ड दिने निर्णय गरेका थिए । निर्णय भएको ४ दिनपछि शुक्रराज शास्त्रीलाई टेकु मचलीमा झुण्ड्याएर, ७ दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालोमा झुण्ड्याएर र ९ दिनपछि दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिइएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174