बुधबार, बैशाख १२, २०८१

पश्चिमी वायुको प्रभाव मध्य हुँदै, आइतबारदेखि मौसममा क्रमिक सुधार आउने : महाशाखा

काठमाडौ माघ १२ , पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यका लगायत देशका अधिकांश स्थानमा बद्ली र वर्षासँगै उच्च हिमाली भेगमा हिमपातकोसंभावना रहेके भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाले आज साँझ आगामी ३ दिनसम्मको मौसम पूर्वानुमान गर्दै जारी गरेको विज्ञप्तिमा देशभर आंशिकदेखि सामान्य बद्ली रही पूर्वी तथा मध्य क्षेत्रका केही स्थान र पश्चिम भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै रातको समयमा पनि देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बद्ली रहनेछ भने मध्य तथा पूर्वी क्षेत्रका थोरै स्थानमा र पश्चिमका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना औँल्याएको छ ।साथै पश्चिमी भेगबाट प्रवेश गरेको पश्चिमी वायुको प्रभाव मध्य हुँदै क्रमशः पूर्वतर्फ गइरहेकाले आइतबारदेखि मौसममा क्रमिक सुधार आउने जनाउँदै  देशका पश्चिम तथा मध्य र पूर्वाका केही स्थानमा हल्का वर्षा भइरहेको जनाएको छ ।

त्यस्तै महाशाखाले आइतवार देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बद्ली र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जिकिर गर्दै सोहि दिन रातको समयमा देशको पश्चीमी भुभागमा सामान्य बदली र बाँकी भुभागमा आंशिक बदली हुनेछ ्र देशका पहाडी भेगका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको जनाएको छ भने माघ १४ गते सोमवार माघ १४ गते देशका पहाडी भेगहरुमा आंशिक बदली र बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भेगका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहनुको साथै रातको समयमा देशका पहाडी भेगहरुमा आंशिक बदली र बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भेगका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना जनाएको छ   ।

शनिवार काठमाडौको न्यूनतम तापक्रम ७.८ र अधिकतम तापक्रम १८ डिग्री सेल्सियस रहेको रहनुको अलावा काठमाडौमा चार मिलिमिटर वर्षा भएको रेकड मापन गरिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174