बुधबार, बैशाख २६, २०८१

सभामुख महराको भूमिकाको सर्वत्र आलोचना

 काँग्रेसले सदन र सडकबाट सरकारको  विरोध थाल्ने काँग्रेस सभापतिको जनाउ

काठमाडौ माघ ११, प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसको विरोधकावावजुद पनि प्रतिनिधिसभाको आज बसेको बैठकमा चिकित्सा शिक्षा विधेयक पारित गर्ने सरकारको तयारी र त्यसलाइ मुर्ततता दिन सभामुखले निर्वाह गरेको भूमिकाको सर्वत्र आलोचना सुरु भएको छ ।  यसैक्रममा काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बैठकपछि वाहिरिनेक्रममा सञ्चारकर्मीलाइ प्रतिक्रिया दिदै आजको बैठकमा सभामुखबाट तटस्थ भूमिका निर्वाह नभएको भनी टिप्पणी गर्दै प्रतिनिधिसभा बैठकबाट प्रतिपक्षी दलको काङ्ग्रेसले ससंदको रोष्टम घेर्दै गरेको अवस्थामा विधेयक पारित प्रक्रिया अघि बढाएर पदको गरिमानुसारको आचरण नगरेको भन्दै उहाँको आलोचना गर्नु भएको छ ।

प्रतिपक्षीदल वेलमा भएको बेलामा कहीँ पनि विधेयक पारित गर्ने जनाउ दिदै आफु प्रधानमन्त्री भएको बेला महाकाली सन्धिको विषयमा तत्कालीन प्रतिपक्षीदलका नेता मनमोहनजीले ‘वेल’ घेर्दा मैले सदन बन्द गर्न आग्रह गरी वार्ता गरेर अघि बढेको स्मरण सुनाउँदै आज ससंदको गरिमा विपरित जबर्जस्ती र एकलौटी ढङ्गले विधेयक पारित गरिएको बताउँनु भएको छ ।

त्यस्तै सभापति देउवाले काङ्ग्रेसका नेता गिरिजाप्रसाद कोइरालाका नाममा तनहुँमा नेता सुशील कोइरालाका नाममा बाँकेमा खुलेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई वर्तमान सरकारले विघटन गर्ने मनशाय राखेको बताउँदै अव काँग्रेस चुपलागेर नवस्ने सदन र सडकमा विरोध सुरु गर्ने बताएका छन ।
त्यस्तै काँग्रेसका अर्का नेता गगन थापाले भने आज सरकारले आफ्नो चरित्र देखाएको बताउँदै जसरी विधेयक पारित गरियो त्यो निषेधको राजनीतिको सुभारम्भ भएको जनाउ दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174